अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ११ औं महाधिवेशन: अनेरास्ववियुले छान्याे प्रतिनिधि सर्वसम्मत

एमालेको ११ औं महाधिवेशन: अनेरास्ववियुले छान्याे प्रतिनिधि सर्वसम्मत


काठमाडौं नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ। महाधिवेशन उद्‍घान भक्तपुरको सल्लाघारीमा गर्ने भएको छ भने बन्दसत्रलगायतका सबै कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ।

महाधिवेशन अन्तर्गत प्रतिनिधि छनोटका लागि लागि मंसिर १३ गते देशभर एक साथ मतदान गर्ने एमाले निर्वाचन समितिको तालिका छ।

यसै सन्दर्भमा,  नेकपा एमालेको जनसंगठन अनेरास्ववियुको मंसिर १२ गते शुक्रबार बसेको पदाधिकारी बैठकले ११ औँ राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधि सर्वसम्मतिमा छनोट गरेको छ। बैठकले ११औँ महाधिवेशनका लागि दिपक धामी, विकास श्रेष्ठ, अञ्जना सिवाकोटी, कमल जोशी, आकाश घर्ती, रचना सापकोटा र अञ्जली लम्साललाई प्रतिनिधिका चयन गरेको हो ।

यस्तै, पार्टीको ११औँ महाधिवेशनमा विद्यार्थी परिचालनको जिम्मेवारीका लागि अनेरास्ववियुका सचिव गोपाल नेपाललाई प्रमुख र जितप्रसाद सिटौलालाई उपप्रमुखका रूपमा जिम्मेवारी दिएको छ।

विश्वको सबभन्दा उच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुले एमालेको ११ औं महाधिवेशनको लागि सर्वसम्मत प्रतिनिधि छनौट गरेर उदाहरणीय बनेको छ।

निर्वाचन समितिका संयोजक वीर उदास श्रेष्ठ अनुसार जिल्लाले महाधिवेशनका लागि ६ जना प्रतिनिधिको कोटा पाएको थियो । ती सबै पदमा एक– एक जनाको मात्र उम्मेद्वारी परेकोले सर्वसम्मत प्रतिनिधि छनाेट गरेको थियो।

प्रतिनिधिहरुमा खुल्लातर्फ बुद्धिकुमार राजभण्डारी र डुफ कुमार बास्तोलालाई चयन गरेको थियो । त्यसैगरी उत्पिडित तर्फ डि.बि रनपाललाई चयन गरेको थियो। यसैगरी महिलातर्फका दुईजनामा कल्पना राई र मोहन कुमारी कार्की र ४० वर्ष भन्दा मुनीको युवातर्फ जगनाथ बास्तोलालाई छनोट गरिएको थियो।