अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उडान नियम उल्लंघन आरोपमा नेपाल वायुसेवा निगमका दुई पाइलट ग्राउन्डेड

उडान नियम उल्लंघन आरोपमा नेपाल वायुसेवा निगमका दुई पाइलट ग्राउन्डेड


काठमाडौं-उडान सञ्चालन सम्बन्धी सुरक्षा नियम उल्लंघन गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई ग्राउन्डेड गरेको छ।

प्राधिकरणको फ्लाइट अपरेसन डिभिजनले शुक्रबार निगमलाई पत्राचार गर्दै वाइडबडी विमानका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई कारबाहीस्वरूप अर्को निर्णय नआएसम्मका लागि उडान ड्युटीबाट हटाउन निर्देशन दिएको हो।

प्राधिकरणले दिएको निर्देशनअनुसार उडानमा रहेको अवस्थामा फोटो वा भिडियो खिच्नु उड्डयन सुरक्षा मापदण्डविपरीत हुने उल्लेख गरिएको छ। सोही आधारमा दुवै पाइलटलाई ‘अर्को सूचना नआएसम्म’ का लागि रोस्टर-अफ (उडान तालिकाबाट हटाइएको) गरिएको हो ।

उडान सुरक्षा संवेदनशील विषय भएकाले विमान ककपिटमा विशेषगरी फोटो/भिडियोग्राफी जस्ता क्रियाकलापले सुरक्षा जोखिम बढ्ने मानिन्छ। निर्देशनपत्रमा दुबै पाइलटका क्रियाकलाप प्रचलित उड्डयन सुरक्षा नियमहरूसँग बाझिने प्रकारका रहेको स्पष्ट उल्लेख छ।