अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा एमालेका सात पदाधिकारी

केपी ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा एमालेका सात पदाधिकारी


काठमाडौं-नेकपा एमालेका सात जना पदाधिकारीहरूले अध्यक्षमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेका छन्।

शुक्रबार भएको अनौपचारिक छलफलमा उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र रामबहादुर थापा, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ तथा सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले यस्तो धारणा राखेका हुन्।

नेताहरुले मुलुकको वर्तमान सङ्कटपूर्ण राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पार्टीभित्र सुदृढ एकताको आवश्यकता औंल्याएका छन्। नेताहरूले सम्बद्ध सबै पार्टी संरचना तथा कार्यकर्ताहरूलाई संगठन एकता र आन्तरिक समन्वयलाई अझ मजबुत बनाउन योगदान गर्न आग्रह गरेका छन्।

साथै नेताहरूले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रलाई सही ढङ्गले दिशा निर्देश गर्न सक्ने सक्षम केन्द्रीय कमिटी निर्माण गर्न योगदान गर्ने निष्कर्ष अधि सारेका छन्।

पार्टीभित्रको एकता, स्थायित्व र प्रभावकारी नेतृत्वमार्फत देशसमक्ष उपस्थित चुनौती समाधान गर्न सकिने विश्वास नेताहरूले व्यक्त गरेका छन्।