अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ: शंकर पोखरेल

नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक संकटपूर्ण अवस्थामा रहेको बताउँदै राष्ट्रवादी शक्तिमाथि जारी प्रहारका सामना गर्न नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक रहेको औंल्याउनुभएको छ।

उहाँका अनुसार चुनौतीपूर्ण परिस्थितिमा सही मार्ग अपनाउन र पार्टीलाई सबल बनाइराख्न सबै कार्यकर्ता र नेताहरूले साझा जिम्मेवारी निभाउनु जरुरी छ। महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ, ‘ मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ, यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ, अघि बढौ– सम्भव छ । ’

एमाले महासचिव पोखरेलको यो धारणा पार्टीभित्र एकता, अनुशासन र साझा लक्ष्यतर्फ अग्रसर हुनका लागि मार्गदर्शनको रूपमा लिइएको छ। उहाँले पार्टी कार्यकर्ता तथा नेतृत्वलाई वर्तमान चुनौतीको सामना गर्न एकजुट भएर काम गर्न आग्रह गर्नुभएको छ।