अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ११ औं महाधिवेशन: ताप्लेजुङबाट प्रतिनिधि सर्वसम्मत

एमालेको ११ औं महाधिवेशन: ताप्लेजुङबाट प्रतिनिधि सर्वसम्मत


ताप्लेजुङ-यही मंसिर २७ गते काठमाडौंमा हुने नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति ताप्लेजुङबाट १२ प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।

निर्वाचन अधिकृत राजकुमार चुडालका अनुसार, खुलातर्फ दिपेन पोमु, घनेन्द्र मादेन, अनन्त साँवा, कैलाश राई, ज्ञानु लावती र छत्रपति प्याकुरेल सर्वसम्मत चयन भएका छन् ।

महिलातर्फ रनमाया गुरुङ, मीना केदेम, प्रमिला खनाल र टीका सुवेदी चयन भएका छन् । युवामा गोपाल न्यौपाने र दलिततर्फ बुद्धिमान परियार चयन भएका छन् ।