पोखरा-नेकपा एमालेको आसन्न ११औँ महाधिवेशनका लागि गोरखाबाट मतदानबाटै महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । उम्मेदवार धेरै भएपछि शनिबार मतदानबाट प्रतिनिधि चयन गरिएको हो।
क्षेत्र नम्बर १ मा खुलातर्फ मोहन भट्टराई र विशाल थापा निर्वाचित हुँदा धनेन्द्र धमला र सन्तबहादुर गुरुङ पराजित भए ।
महिलातर्फ नानीमाया थापालाई हराउँदै मीना बरामु निर्वाचित हुँदा युवामा प्रवीण श्रेष्ठ, शैलेश लामिछाने र सन्जित श्रेष्ठलाई हराएर प्रवीण अधिकारी निर्वाचित भएका छन्।
क्षेत्र नम्बर २ मा खुलातर्फ प्रेम गुरुङ र बाबुराम थापा निर्वाचित भए । उक्त क्षेत्रमा ओमबहादुर बराकोटी, वसन्त गुरुङ र टेकबहादुर राना पराजित भए। महिलातर्फ गम्भीरा बराकोटीलाई हराएर शान्ति चापागाईँ निर्वाचित हुँदा युवामा प्रकाश न्यौपानेलाई हराएर सुमन श्रेष्ठले चुनाव जिते।
दलित क्लस्टरमा कृष्ण नेपाली निर्वाचित भएका छन्। दलित कोटामा काजिराम रोका, कृष्णबहादुर नेपाली र सचिन रोकाको उम्मेदवारी परेको थियो।







प्रतिक्रिया