अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ११ औं महाधिवेशन: झापाका ५ मध्ये ४ क्षेत्रमा छानिए प्रतिनिधि, एलपी साँवालाई लोकप्रिय मत 

एमाले ११ औं महाधिवेशन: झापाका ५ मध्ये ४ क्षेत्रमा छानिए प्रतिनिधि, एलपी साँवालाई लोकप्रिय मत 


झापा-नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधिका लागि झापाको दुई बाहेक तीन वटा निर्वाचन क्षेत्रका परिणाम घोषणा भइसकेको छ। घोषित परिणाम अनुसार झापा-४ का निवर्तमान सङ्घीय सांसद एलपी साँवा लिम्बु लोकप्रिय मतका साथ विजयी हुनुभएको छ। 

 निर्वाचन समितिले दिएको जानकारी अनुसार साँवाले १८०६ मत प्राप्त गर्नुभएको छ। सो क्षेत्रका अन्य विजेताहरूमा शिवसत्ताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोशन)ले १७७३, रवीन्द्र लम्सालले १३९२ र हिमबहादुर कार्कीले १२१६ मत ल्याएर विजयी हुनु भएको छ। यस क्षेत्रका प्रदेश सांसद राधाकृष्ण खनाल,प्रदेशका पूव सांसद हिरा थापा पराजित हुनु भएको छ। 

 महिलातर्फ कृष्णमाया भुजेल १६०५ र गोमा रिजाल १७३७ मतका साथ  निर्वाचित हुनु भएको छ। युवातर्फ रोशन सुवेदी १६७३ मत सहित विजयी हुनु भएको छ। 

 यस्तै अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा पाँचबाट अम्बिका प्रसाद खनाल १५१५,शिव ढुङ्गेल १३२७,होमबहादुर थापा १२७४ र तुलसी कार्की ११५३ मतका  विजयी हुनु भएको छ। महिलातर्फ अम्बिका अधिकारी (गीता) १४८२,नर्वदा उप्रेती गौतम १३१३, लीला ढुङ्गेल दाहाल १२८७ र युवातर्फ युवराज पौडेल ९०६ मतका साथ निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ। 

झापा निर्वाचन क्षेत्र-१ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचित भएकाहरूमा खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई रहेका छन्। महिलातर्फ रमा भण्डारी र जानुका ओली निर्वाचित भएका छन् भने युवातर्फ दीपक बराल निर्वाचित हुनुभएको छ।

यसै गरी, क्षेत्र नं ३ बाट दुई महिलासहित छ जना निर्वाचित भएका छन्।

निर्वाचित भएकाहरूमा खुल्लातर्फ छविलाल चुँडाल, त्रिलोचन सापकोटा र वसन्त बानियाँ रहेका छन्। महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल निर्वाचित भए । युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित हुनु भएको छ।

क्षेत्र-२ को मत गणनामा केही समस्या आएकोले केही बेरमा नतिजा आउने जनाइएको छ।