रामेछाप– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट सर्वसम्त रुपमा प्रतिनिधि चयन भएका छन्।
प्रतिनिधिका अन्तर्गत जिल्लाबाट खुल्ला ६ जना, महिला ४ जना, युवा १ जना र उत्पीडित १ जना गरी कुल १२ जना प्रतिनिधि चयनका लागि ६७ जनाको मनोनयन दर्ता भएको छ। मनोनयन दर्ता गरेका उम्मेदवारहरुको बीचमा सहमित गर्न बनेको कार्यदलले सम्पूर्ण उम्मेदवार उहाँहरूसँग सहमति लिएर सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको हो। महाधिवेशन प्रतिनिधिको सबै क्लष्टरमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका जिल्ला निर्वाचन कमिटीका अध्यक्ष नवराज पथिकले जानकारी दिनुभयो।
सर्वसम्मत रूपमा चयन भएका प्रतिनिधिहरू
खुल्ला – ६ जना
आनन्दकुमार श्रेष्ठ, इन्द्रबहादुर तामाङ, टंकप्रसाद चौलागाई, पुरुषोत्तम कडरिया, शान्ति प्रसाद पौडेल र ज्ञानकुमार योञ्जन
महिला – ४ जना
गङ्गादेवी कार्की, मखमली श्रेष्ठ, शान्ता न्यौपाने सुवेदी, सीताकुमारी खत्री,
युवा – १ जना
बलबहादुर माझी
उत्पीडित – १ जना
सिताराम लोहार







प्रतिक्रिया