रुपन्देही-नेकपा एमालेको आसन्न ११औं महाधिवेशनका लागि रुपन्देहीबाट ३१ जना प्रतिनिधि छनोट भएका छन्।
एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्माको गृह जिल्लाका ५ निर्वाचन क्षेत्रमध्ये १, २ र ४ मा सर्वसम्मत हुन नसकेपछि मतदानबाट प्रतिनिधि चयन भएका हुन् भने ३ र ४ नम्बर क्षेत्रमा सर्वसम्मत चयन भएका छन्।
उपाध्यक्ष पौडेलको निर्वाचन क्षेत्र रुपन्देही २ बाट खुल्लातर्फ बासुदेव घिमिरे, गोपाल राना, राजु गुरुङ, तेजेन्द्र केसी, बाबुराम भट्टराई र कुमार थापा, महिलातर्फ ज्ञानु केसी, कल्पना थापा, बिमला श्रेष्ठ र युवा तर्फ बालकृष्ण पाण्डे निर्वाचित भएका छन् ।
सचिव विश्वकर्माको निर्वाचन क्षेत्र पर्ने क्षेत्र नम्बर १ बाट खुला तर्फ ध्रुवप्रसाद खरेल, यज्ञ गैरे, हिमाल पाण्डे, महिला तर्फ जगेश्वरी चौधरी र राधा शाही तथा युवा तर्फ कृष्ण पौडेल चयन भएका छन्।
रुपन्देही ३ बाट राजेन्द्र पन्थी, अयोध्या थारू, नरबहादुर घर्ती, पम्फावती खनाल, ममता पौडेल, चक्रबहादुर थापा सर्वसम्मत भएका छन् ।
रुपन्देहीबाट कृष्ण भुसाल, मुस्लिम खान, सुनिता ठठेर र भगवानदास कुर्मी निर्वाचित भएका छन् ।
रुपन्देहीको क्षेत्र नं ५ बाट खुलातर्फ कृष्ण घिमिरे, चेतनारायण न्यौपाने, अब्दुल रहमान, बिन्दु श्रीस र लेखनाथ खनाल निर्वाचित भएका एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले जानकारी दिनुभयो।







प्रतिक्रिया