काठमाडौँ-नेकपा (एमाले)ले ११ औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। मंसिर १४ गते आइतबार एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित कार्यक्रममा पार्टीको ११ औं महाधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गर्नुभएको हो। लोगोमा धरहरा, राष्ट्रिय झन्डासहित सूर्यभित्र हँसिया हथौडा समेटिएको छ।
सार्वजनिक लोगोमा पार्टीको इतिहास, नेतृत्व र सङ्कल्प तथा परिवर्तनप्रतिको उत्साह समेटिएको सचिव पद्यमा अर्यालले जानकारी दिनुभयो।
त्यस्तै कार्यक्रममा महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने जिग्नल पनि सार्वजनिक गरिएको छ।
महाधिवेशनलाई लक्षित गर्दै एमाले प्रचार विभागले आइतबार साँझबाट सूर्य खबर प्रकाशित गर्ने भएको छ।
११ औं महाधिवेशन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।
पार्टीको महाधिवेशनका लागि एमालेले देशैभर हिजो शनिबार प्रतिनिधिहरू छनोट गरेका थिए । अधिकांश स्थानमा सर्वसम्मत र केही क्षेत्रमा भने निर्वाचनमार्फत प्रतिनिधि छनोट भएका हुन्।
एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० रहेका छन्। एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो। भूगोललाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ।
एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचितसहितका प्रतिनिधि रहनेछन्। त्यसैगरी विशेष जिल्ला, प्रदेश र जनसंगठनबाट पनि प्रतिनिधि कायम हुन्छन्। एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट १ जना युवा अनिवार्य गरेको छ।















प्रतिक्रिया