काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही मंसिर २७ देखि २९ गतेसम्म पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनमा मतदात हुने बताउनुभएको छ।
एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज केन्द्रीय पार्टी कार्यालय, च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनमा प्रतिस्पर्धा हुने बताउनुभएको हो।
‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैन। रोक्ने सोक्ने काम हुँदैन। प्रतिस्पर्धा हुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेमा डेमोक्रेसी छैन। चुनावै लडेन कसैलाई चुनाव लड्न दिएन भन्दै गर्लान्। नदिइएको होइन, मेरो आग्रह छ एकताबद्ध भएर जाऔं, एकअर्कामा टिकाटिप्पणी गर्ने खुइल्याउने, होच्याउने, अपमान गर्ने स्ता काम किन गर्ने रु त्यस्तो नगरौं।‘
अध्यक्ष ओलीले सहमतिका साथ लड्न र सहमतिका साथ अघि बढ्न आग्रह गर्नुभयो। उहाँले केन्द्रीय सदस्य पनि सार्वभौम हुने भएकाले उनीहरुको आकांक्षालाई समेत रोक्न नसकिने अध्यक्ष ओलीको भनाइ थियो।
अध्यक्ष ओलीले पार्टी पुनर्गठन, हस्तान्तरण पुस्तान्तरणको आवाज उठिरहेको बताउँदै आवश्यकता अनुसार हुने बताउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसैका लागि हो अधिवेशन चाहिने।‘







प्रतिक्रिया