अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हस्तान्तरण र पुस्तान्तरण स्वभाविक हो, आवश्यकता अनुसार हुन्छ: अध्यक्ष ओली

हस्तान्तरण र पुस्तान्तरण स्वभाविक हो, आवश्यकता अनुसार हुन्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको (धरहरा, राष्ट्रिय झन्डासहित सूर्यभित्र हँसिया हथौडा) समेटिएको लोगो आज सार्वजनिक गर्नुभएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा हस्तान्तरण र पुस्तान्तरणको विषय स्वभाविक भएको बताउँदै समय अनुसार हुने बताउनुभयो।

‘अधिवेशन हुँदा कमिटीमा केही साथी हट्ने केही नयाँ आउने यो सिलसिला हुन्छ। पुनर्गठन हुनुपर्छ, हस्तान्तरण पुस्तान्तरण हुनुपर्छ भनेर यस्तो जोडदार ढंगले भनिरहनुपर्ने विषय होइन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यो स्वभाविक विषय हो। हस्तान्तरण पनि हुन्छ। पुस्तान्तरण पनि हुन्छ। हुनैपर्छ। यो नगरौं भनेपनि हुन्छ। त्यसकारण पुस्तान्तरण, हस्तान्तरण आवश्यकता अनुसार हुन्छ ।’

अधिवेशन पनि सोही कारण गर्नपर्ने अध्यक्ष ओलीले बताउनुभयो। ‘अधिवेशन त्यही कारण चाहिने हो। हामीले विधि विधान अधिवेशन, संगठनात्मक नीतिगत प्रश्न, राजनीतिक कार्यका प्रश्न र आगामी दिनका मार्ग सम्बन्धी प्रश्न हुन्छ,’ अध्यक्ष ओलीले भन्नभयो।