काठमाडौँ-एमाले निकट अखिल नेपाल किसान महासंघले पार्टीकाे एघारौँ राष्ट्रिय महाधिवेशनका लागि ७ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ। संगठनका विभिन्न जिम्मेवारी र भूगोलबाट ७ जना प्रतिनिधि छनोट भएका हुन्।
महासंघ उपाध्यक्षद्वय झापा निवासी बेनु शिवाकोटी र पीएन अधिकारी, अर्का उपाध्यक्ष सर्लाही निवासी राजकुमार उप्रेती प्रतिनिधि छानिएका छन्।
त्यस्तै काठमाडौँ निवासी संगठनका उपमहासचिव रामशरण ढुङ्गाना, बाँके निवासी सचिव आरती पौडेल, डडेलधुरा निवासी सचिव तारा खाती कार्की र काठमाडौंकी स्थायी समिति सदस्य बिन्दु महर्जन पनि सर्वसम्मत रुपमा प्रतिनिधि छानिएका छन्।







प्रतिक्रिया