अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनको लोगो नेतृत्व र राष्ट्रिय पहिचानको प्रतिक हो: पद्मा अर्याल

एमाले महाधिवेशनको लोगो नेतृत्व र राष्ट्रिय पहिचानको प्रतिक हो: पद्मा अर्याल


काठमाडौं-नेकपा एमाले सचिव तथा ११ औँ राष्ट्रिय महाधिवेशनका प्रचार संयोजक पद्मा कुमारी अर्यालले महाधिवेशनका लागि तयार गरिएको लोगो केवल प्रतीकात्मक डिजाइन मात्र नभई पार्टीको नेतृत्व, इतिहास र राष्ट्रिय गौरवको सशक्त परिचायक भएको बताउनुभएको छ।

मंसिर १४ गते आइतबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रममा सचिव अर्यालले सो कुरा बताउनुभएको हो।

सचिव अर्यालले भन्नुभयो, ‘लोगोले भूकम्पले ढालेको धरहरा पुनःनिर्माणको सफलतासँगै नेपाली जनताको दृढता, आत्मगौरव र एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व क्षमतालाई प्रतिविम्बित गर्दछ।’

‘धरहरा र केपी ओली अहिले केवल नाम नभई नेतृत्व र राष्ट्रिय पहिचानका पर्यायवाची बनेको सचिव अर्यालले बताउनुभयो। उहाँले भन्नुभयो, ‘लोगोले हामीलाई सम्झाउँछ कि साँचो नेतृत्व, प्रतिबद्धता र साहसले मात्र राष्ट्र निर्माण सम्भव हुन्छ।’

राष्ट्रिय झण्डा र सांस्कृतिक प्रतीकहरू जस्तै, महाधिवेशनको लोगोले एकता, समृद्धि र राष्ट्रिय चेतनाको धरोहरका रूपमा काम गर्ने सचिव अर्यालको भनाइ छ । उहाँले लोगोले नेपाली जनतामा थप उत्साह, प्रेरणा र उर्जा भरिदिने विश्वास व्यक्त गर्नुभयो।