अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा र विवेकशील साझा पार्टीबीच ५ बुँदे सहमति

रास्वपा र विवेकशील साझा पार्टीबीच ५ बुँदे सहमति


काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकीकरण भएको छ।

‘सुसंस्कृत राजनीति’ र ‘सुशासन’को मुद्दालाई केन्द्रमा राख्दै रास्वपा र विवेकशील साझा पार्टीबीच आइतबार ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन्।

सबै नेपालीको समतामूलक उन्नति, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने उद्देश्यका साथ दुई पार्टीबीच एकता भएको सहमतिपत्रमा उल्लेख छ।

रवि लामिछाने नेतृत्वको रास्वपा र स्व. उज्वल थापाले सुरु गरेको ‘विवेकशील अभियान’ को जगमा टेकेर यो एकीकरण सम्पन्न भएको सहमति पत्रमा उल्लेख छ।

दुई दलबीच भएको सहमति अनुसार एकीकरणपछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ भने चुनाव चिह्न पनि ‘घण्टी’ नै कायम हुनेछ।

 दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार र त्यसको बीचमा निलो रङको घण्टीको आकृति रहने सहमति भएको छ।