अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै


काठमाडौँ-नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि आज (सोमबार) का लागि तय गरिएको छ।

आइतबार सभापति शेरबहादुर देउवाको भाडाको निवास (महाराजगन्ज) मा बसेको पदाधिकारी र केही नेतासहितको छलफलमा पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म गर्ने सहमति भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने भएको हो। 

आज दिउँसो २ बजे बस्ने बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी छ।

एक महिनाअघि नै सुरु कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशन विवादकै कारण अवरुद्ध छ।