काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि उदयपुरको दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गर्न सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम घोषणा भइसकेको छ। अन्तिम मतपरिणामअनुसार खुल्ला, महिला, युवा र दलित तर्फबाट गरी कुल १४ जना प्रतिनिधि निर्वाचित भएका छन्।
घोषित परिणाम अनुसार उदयपुर क्षेत्र नम्बर-२ का निवर्तमान सङ्घीय सांसद अम्बर बहादुर रायमाझीले लोकप्रिय मतका साथ विजयी हुनुभएको छ। निर्वाचन समितिले दिएको जानकारी अनुसार रायमाझीले १३०३ मत प्राप्त गर्नुभएको छ। निर्वाचन क्षेत्र २ मा जम्मा १६४० खसेको थियो ।
यसै सन्दर्भमा, निर्वाचन क्षेत्र-१ को खुल्लातर्फ (४ जना) निर्वाचित हुनेहरूमा चौदण्डी नगरपालिका मेयर कालुमान लामा ११६७ मतसहित पहिलो स्थानमा रहनुभएको छ। त्यसैगरी परमेश्वर घिमिरेले ११६५ मत, भागवत राउतले ११४५ मत र दुर्गा कुमार थापा (स्वस्ती)ले ९९७ मत ल्याएर विजयी हुनुभएको छ।
खुल्ला समूहमा अन्य उम्मेदवारहरूमा ईश्वरमणी राउतले ९८६, कुशलबाबु बस्नेतले ६५२, धनपती आचार्यले ५९१, शम्भु पौडेलले ४९७ र टेकबहादुर राउतले ३५८ मत प्राप्त गर्नुभएको थियो तर उहाँहरू पराजित हुनुभएको छ।
महिलातर्फ (२ जना) महेश्वरी राईले सबैभन्दा बढी १२८० मत ल्याएर विजयी हुनुभएको छ। यसैगरी कान्ता राईले ७१७ मतसहित दोस्रो स्थानमा रहँदै प्रतिनिधि चयन हुनुभएको छ। त्यस्तै गंगा राईले ६७०, भवानी थापाले ४६०, गीतादेवी रेग्मीले ३५५ र सीता पौडेलले २६४ मतका साथ निर्वाचित हुनुभएको छ।
युवातर्फ (१ जना) सुरेन्द्र राईले ११४४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो भने खगेन्द्र पोखरेलले ७६५ मत ल्याउनु भएको छ।
त्यसैगरी उदयपुर क्षेत्र नं. २ बाट प्रतिनिधि छनोट गर्न गरिएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। विभिन्न समूहमा गरिएका प्रतिस्पर्धामध्ये खुल्ला, महिला र युवा तर्फबाट प्रतिनिधिहरू चयन भएका हुन्। खुल्ला तर्फको प्रतिस्पर्धामा ज्ञानेन्द्र श्रेष्ठले ६३७ मत, जिवनाथ दाहालले ५५१ मत ल्याई प्रतिनिधि चयन हुनुभएको छ।
गोपाल खत्रीले ५३२, जीवन कार्कीले ५१९, भरत थापाले ३०३, मनोज तामाङले १७६ र सैलेश लामाले ५४५ मत प्राप्त गर्नुभए पनि प्रतिनिधिमा चयन हुन सक्नुभएन।
महिलातर्फ कुमारी आले मगरले ८४९ मत र गीता खड्काले ८७० मत ल्याउँदै विजयी हुनुभएको छ। कला घलेले ६६६ र सीता रानाले ४६५ मत प्राप्त गर्नुभएको छ।
युवातर्फ हेम खड्काले ६८९ मतका साथ विजयी हुनुभएको छ। केशव राईले ४४५ र सन्जीव कार्कीले ४२९ मत मत प्राप्त गर्नुभए पनि प्रतिनिधिमा चयन हुन सक्नुभएन। एक जना दलित कोटामा लालबहादुर रम्तेल विजयी हुनुभएको छ।







प्रतिक्रिया