अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बस्ने

कांग्रेस केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बस्ने


काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ। केन्द्रीय समितिको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाउनु भएको हो।

पदाधिकारी बैठक सोमबार मध्यान्ह १२:३० बजेका लागि बोलाइएको छ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने भएको छ। पदाधिकारी बैठकबाट कार्यतालिकामा सहमति जुटेपछि केन्द्रीय समिति बैठकमा पेश गरिने भएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका आजको बैठकमा पेस गर्ने तयारी गरेका छन्।

पदाधिकारी बैठकपछि दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ।

महाधिवेशन चुनाव अघि वा पछिको विवादले कांग्रेसको केन्द्रीय समितिको बैठक ६ मंसिरदेखि स्थगित हुँदै आएको थियो ।

सभापति शेरबहादुर देउवा स्वयं पुसभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार भएपछि केन्द्रीय समिति बैठकमा निणायार्थ प्रस्ताव पेश गरिने भएको छ ।