काठमाडौँ-नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन्। सुन तस्करीको आरोपमा तिवारीलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको जनाएको छ। तिवारीबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौँ आइपुग्ने तालिका थियो। दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीमा आठ तोला सुन भेटिएको जनाइएको छ ।






प्रतिक्रिया