अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान राजनीतिक र नयाँ नेतृत्वको हिसाबले एमाले महाधिवेशन विशेष किसिमको हुन्छ: पृथ्वीसुब्बा गुरुङ

वर्तमान राजनीतिक र नयाँ नेतृत्वको हिसाबले एमाले महाधिवेशन विशेष किसिमको हुन्छ: पृथ्वीसुब्बा गुरुङ


काठमाडौँ-नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन वैचारिक राजनीतिक हिसाबले विशेष किसिमको हुने बताउनुभएको छ।

सोमबार काठमाडौँमा प्रेस चौतारी नेपालले गरेको अन्तरक्रियामा बोल्दै उपमहासचिव गुरुङले यस्तो बताउनुभएको हो।

‘यही मंसिर २७-२९ गते सम्म काठमाडौंमा हुने नेकपा एमालेकाे ११ औँ राष्ट्रिय महाधिवेशन वैचारिक, राजनीतिक र सांगठानिक हिसाबले विशेष किसिमको हुनेछ’, उपमहासचिव गुरुङले भन्नुभयो– ‘वर्तमान राजनीतिक पृष्ठभूमि र नयाँ नेतृत्वको हिसाबले पनि विशेष र महत्त्वपूर्ण हुनेछ।’

उपमहासचिव गुरुङले जनेजी आन्दोलनपछि एमालेले अङ्गालेको जनताको बहुदलीय जनवाद (जबज)माथि समेत कतिपयले प्रश्न उठाउने गरे पनि जबजको सान्दर्भिकता अझै बढ्दै गएको बताउनुभयो। पछिल्लो परिस्थितिमा नेपालका कतिपय कम्युनिस्ट पार्टीहरू एकीकरणका नाममा वृद्धाश्रममा परिणत भएको अवस्थामा मुलुकको समग्र हित र विकासका लागि नेकपा एमालेको औचित्य र आवश्यकता थप बढ्दै गएको उहाँले बताउनुभयो ।