अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडौंमा हुने

कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडौंमा हुने


काठमाडौं-नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।

डेढ महिनासम्म चलेको बैठकलाई बिट मार्दै सोमबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो।

केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ।

पटकपटक स्थगित भएको बैठक आज सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। विशेष कि नियमित महाधिवेशन भन्नेमा विवाद हुँदा लम्बिएको लम्बिएको थियो।