अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्र गौतमको जनताको बहुदलीय जनवादका आधार पुस्तक सार्वजनिक

राजेन्द्र गौतमको जनताको बहुदलीय जनवादका आधार पुस्तक सार्वजनिक


काठमाडौं- नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले लेख्नु भएको जनताको बहुदलीय जनवादका आधार नामक पुस्तक आज विमोचन भएको छ ।
पार्टीका उपमहासचिव एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस चौतारी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सो पुस्तक विमोचन गर्नु भयो । विमोचनमा चौतारीका अध्यक्ष गणेश पाण्डे पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई,केन्द्रीय सदस्यहरु यज्ञबहादुर सुनुवार र निरज आचार्य पनि सहभागी हुनुहुन्थ्यो ।
लेखक गौतमले पार्टीको ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा जननेता मदन भण्डारीको जीवनी र व्यक्तित्व झल्किने यो पुस्तक सार्वजनिक गर्नुभएको हो । उहाँले महाधिवेशनको संघारमा पार्टीको नीति,बिचार,जनताको बहुदलीय जनवादका बिषयमा वडातहसम्मका कार्यकर्ताहरु छलफलमा सहभागी हुने भएकोले पनि अहिले पुस्तकको सान्दर्भिकता हुने बताउनुभयो । पत्रकारिता पृष्ठभूमीका गौतमले यस अघि सातवटा पुस्तक लेखन तथा सम्पादन गरिसक्नु भएको छ । २०५० सालमा उहाँले नेपाली महिला आन्दोलन र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (२०५०) देखि जनताको बहुदलीय जनवादका आधार (२०६३) सम्मका पुस्तक यस अघि नै प्रकाशन गरिसक्नु भएको छ ।
पुस्तकमा लेखकले जनताको बहुदलीय जनवादका आधारहरु शिर्षकमा लामो र भावनात्मक भूमिका लेख्नु भएको छ । पुस्तकमा पुस्तकलाई सात खण्डमा विभाजन गरिएको छ । जसमा जननेता मदन भण्डारीको जीवनी र व्यक्तित्व,नेकपाको प्रारम्भ देखि एघारौं महाधिवेशनसम्म,जनताको बहुदलीय जनवाद ःदार्शनिक तथा सैद्धान्तिक आधार,बहुदलीय जनवादका अन्त्र्य र आधारहरु,जनताको बहुदलीय जनवादको कार्यक्रम र सिद्धान्त,परिवर्तित सन्दर्भमा विकसित जनताको बहुदलीय जनवाद र आजको विकसित राजनीतिक परिघटना र हाम्रो कार्यभार लगायतका विषयहरु समेटिएका छन् ।