काठमाडौं -सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाको पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयमा सरुवा भएको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले निरौलालाई पर्यटनको मन्त्रालयलमा सरुवाको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । निरौला करिब ८ महिना देखि प्रधानमन्त्री कार्यालयको खरिद नियमावली कार्यालयमा हुनुहुन्थ्यो । स्पष्ट वक्ता र काविल निर्णय क्षमता भएका निरौलाले पर्यटन मन्त्रालयलाई कसरी हाक्छन् धेरैको चासो छ । यस मन्त्रालयमा मन्त्रि नभएकोले नीतिगत निर्णय बाहेक यो मन्त्रालय अब सचिव निरौलाकै नेतृत्वमा हुनेछ ।







प्रतिक्रिया