विराटनगर-जेनजी आन्दोलनका क्रममा सरकारी र व्यक्तिका सम्पत्ती तोडफोड आगजनी र लुटपाटका घटनामा सम्लग्न ८ जनालाई पक्राउ गरेको छ।
मोरङ प्रहरीले भदौ २४ गते रंगेलीमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले ८ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रङ्गेली नगरपालिका ३ का भुपाल भण्डारी–रंगेली ७ का आनन्द साह रङ्गेली ४ का रमेश कुमार मण्डल ,रंगेली-३ रुपक गौतम ,रुपेश यादव ,समिर क्षेत्री ,दोर्जे प्रतिक तामाङ, गणपत यादव रहेका छन् ।
मोरङ जिल्ला अदालत, विराटनगरबाट ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूको खोजतलास तीव्र पारेको थियो ।
पक्राउ परेका सबै आरोपितहरूलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको ।







प्रतिक्रिया