अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुसमा महाधिवेशन सम्भव छैन: डा. शशांक कोइराला

पुसमा महाधिवेशन सम्भव छैन: डा. शशांक कोइराला


चितवन-नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताउनुभएको छ। 

आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताउनुभयो। नेता कोइरालाले भन्नुभयो, ‘समय कम भयो। महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ।’ 

नेता कोइरालाले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ कि हुन्न भन्नेमा टुंगो नभएको बताउनुभयो।

यद्यपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उहाँको भनाइ छ। जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने नेता कोइरालाले बताउनुभयो।

महाधिवेशनमा उम्मेदवारीका सम्बन्धमा नेता कोइरालाले भन्नुभयो, ‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाई हुनुहुन्छ। उहाँ पनि इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ। दुई जनामध्ये एक जना लड्छौँ।’