काठमाडौँ-१५औँ महाधिवेशनको मिति टुंगो लागेपछि नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्ने भएको छ। समितका संयोजक रहेका महामन्त्री गगन थापाले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय (सानेपा) मा बस्ने गरी बैठक बाेलाउनु भएको हो।
सोमबार बसेको केन्द्रीय समिति बैठकले आगामी पुस २६-२८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेपछि कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
समितिमा केन्द्रीय सदस्यहरू चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।
केन्द्रीय समितिले पारित गरेको महाधिवेशनको कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट केन्द्रमा आइपुग्ने मिति राखिएको छ ।







प्रतिक्रिया