अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेश सभा बैठक २ बजेसम्मको लागि स्थगित

मधेश प्रदेश सभा बैठक २ बजेसम्मको लागि स्थगित


काठमाडौं-मुख्यमन्त्री सरोजकुमार यादव अनुपस्थित भएपछि मधेश प्रदेश सभाको बैठक दिउँसो २ बजेसम्मको लागि स्थागित भएको छ। 

मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनको लागि उपसभामुख बबिता राउत ईशरले बुधबार बिहान साढे ८ बजे बस्नेगरि प्रदेश सभा बैठक आह्वान गर्नुभएको थियाे ।

मुख्यमन्त्री यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । मुख्यमन्त्री यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको उपसभामुखको सचिवालयले जनाएको छ। 

सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । हिजो मंगलबार मुख्यमन्त्री यादवले बेलुका पत्रकार सम्मेलनमार्फत आफूले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए ।

बिहान ८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भएको थियो । मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित रहेका थिए ।