अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेशमा एमाले एक्लो छैन, हुँदैन

संविधानलाई ट्र्याकमा ल्याउन संसद् पुनर्स्थापना गर्न आवश्यक छ: विष्णु पौडेल

संविधानलाई ट्र्याकमा ल्याउन संसद् पुनर्स्थापना गर्न आवश्यक छ: विष्णु पौडेल


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संविधानलाई ट्रकमा ल्याउन संसद् पुनर्स्थापना गर्न आवश्यक रहेको बताउनुभएको छ। बुधवार एमाले निकट प्रेस चौतारी नेपालले गरेको सम्वाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो।

उपाध्यक्ष पौडेलले सरकारले चुनाव गर्छ भने पनि गराउने बाटोमा नहिँडेको टिप्पणी गर्नुभयो।

उपाध्यक्ष पौडेलले मधेशमा एमालेलाई कसैले एक्लाउन नसक्ने दाबी गर्नुभयो। उहाँले अहिले पनि मधेशमा आफ्नो पार्टी सबैभन्दा शक्तिशादी रहेको जिकिर गर्नुभयो।

‘आजका मितिमा पनि नेकपा एमाले मधेश प्रदेशको सबैभन्दा शक्तिशाली पार्टी हो। त्यसकारण एमालेलाई एक्लाउने, जनताले स्वीकार गर्दासम्म कसैले एक्लाएर एक्लिन्छ ? बहुसंख्यक जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा हो,’ उहाँले भन्नुभयो।

उपाध्यक्ष पौडेलले जनताले विश्वास गर्ने बेलासम्म आफूहरू एक्लो नभएको जिकिर गर्नुभयो । जनतासँग जोडिएर आफ्नो पार्टी अघि बढेको भन्दै अब पनि त्यही रहने उहाँले बताउनुभयो।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘जनताले विश्वास गर्ने बेलासम्म हामी अलग्गियौं, एक्लियौं भन्ने मानसिकताबाट निर्देशित हुँदैनौं। हामी जनतासँग जोडिएर अघि बढेको पार्टी हौं, हामी जनताबाट टाढिन हुँदैन भन्नेमा छौं । हामी मधेशमा एक्लिएका पनि होइनौं, एक्लिदाँ पनि एक्लिदैनौं।’