काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको ११औँ महाविधेशनमा आफू अध्यक्ष र महासचिवको उम्मेदवार नबन्ने स्पष्ट पार्नुभएको छ। बुधबार प्रेस चौतारी नेपालले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा उपाध्यक्ष पौडेलले यस्तो बताउनु भएको हो।
उपाध्यक्ष पौडेलले पार्टी जीवनमा आफूले कुनै पनि जिम्मेवारीका लागि इच्छा व्यक्त नगरेको दाबी समेत गर्नुभयो।
उपाध्यक्ष पौडेलले महाधिवेशनमा सहभागी हुँदा आफू एमालेको सदस्य मात्र हुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘मेरो स्थान के भन्दा पनि पार्टीको स्थान के भनेर सोच्नु पर्छ, मेरो ठाउँ के भनेर ङार्रङुर्र गर्नुपर्दैन, हजार जना कार्यकर्ता भित्र परिहाल्छु, त्यहीँ बसेर काम गर्दा हुन्छ, केही फरक पर्दैन।’
आजसम्म पार्टीमा पाएको जिम्मेवारी मागेर नलिएको उहाँको भनाइ छ। ‘पार्टीले उचित जिम्मेवारी दिन्छ, मैले के पाउँछु भनेर आजसम्म सोचेको छैन। म महासचिवको उम्मेदवार होइन, म यसअघि नै महासचिव भएर काम गरिसकेको मान्छे हु, ११ औँ महाधिवेशनमा मेरो उम्मेदवारी हुन्छ तर अध्यक्ष र महासचिव बाहेकमा हुन्छ, मैले अध्यक्षमा केपी ओलीलाई समर्थन गरिसकेको छु, महासचिव पहिला नै भइसकेको छु, त्यसैले काहीँ न काहीँ उम्मेदवारी त हुन्छ, तर त्यो पछि नै तय हुन्छ’, पौडेलले भन्नुभयो ।







प्रतिक्रिया