भक्तपुर-नेकपा (एमाले)को मंसिर २७ गतेबाट सुरु हुने ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन स्थलको बुधबार पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरुद्धारा अनुगमन एवं निरीक्षण गरिएको छ।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफल रहेको चौरमा बुधबार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीद्धारा अनुगमन एवं निरक्षण गर्नु भएको हो।
उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, नेता बिनाद श्रेष्ठ, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं वागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा, जिल्ला सचिव विष्णु तामाङ्गलगायतका नेताहरुले कार्यक्रमस्थलको अनुगमन गर्नु भएको हो।
उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब दुई लाख जना अट्न सक्ने क्षमता रहेको बताउदै उक्त चौरमा भरिभराउ हुने बताउनुभयो । उहाँले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिदै महाधिवशनका लागि गठन भएका बिभिन्न समितिले तिब्र रुपमा कार्य गरिरहेकोे जानकारी दिनुभयो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने महाधिवेशनमा करिब दुई हजार ५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको र उद्घाटन सत्रमा देशभरबाट एकलाख ५० हजारभन्दा बढी कार्यकर्ताको सहभागिता रहने भएको बताइएको छ ।
प्रचार विभाग प्रमुख गौतमले आजको अनुगमन एवं निरीक्षणले मञ्च कहाँ बनाउने, कताबाट प्रवेश गर्नेलगायतका बिभिन्न संरचनाहरु कसरी बनाउने भन्नेबारेमा निष्कर्षमा पुगेको बताउनुभयो।
एमाले जिल्ला पार्टी अध्यक्ष बचन देउजाले महाधिवेशनको उद्घाटन भक्तपुरमा हनु भक्तपुकै लागि गौरबको कुरा भएको बताउदै उद्घाटन सत्रलाई नमूना र भव्य बनाउन भक्तपुरले कुनै कसर बाँकी नराख्ने बताउनुभयो।
उहाँले मञ्च निर्माणदेखिनै स्वयंसेवक खटिने बताउदै करिब ६०० स्वयसेवक पोशाकमा खटिने र उद्घाटनका दिन करिब दुई हजार स्वयंसेवक उद्घाटनस्थलमा परिचालन हुने जानकारी दिनुभयो ।
पार्टी जिल्लाका उपाध्यक्ष एवं वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आजबाट नै डोजर लगाएर कार्यक्रमस्थलमा काय सुरु गरेको जानकारी दिदै चौरको पूर्वतर्फ मञ्च व्यबस्थापन गरिने, शौचालयदेखि आवश्यक पूर्वाधारहरु तयार गरिने बताउनुभयो ।
उद्घाटनका दिन पूर्वबाट आउने सवरी साधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारी साधनलाई गठ्ठाघरदेखि कमेरोटार क्षेत्रमा बस्बस्थापन गरि र्यालीसहितन कार्यक्रमस्थलमा प्रवेश गर्ने व्यबस्था गर्ने तय भएको जानकारी दिनुभयो।
- रमेश गिरी







प्रतिक्रिया