अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने

कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने


काठमाडौं-काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो दूरीको कान्ति राजमार्ग (कान्ति लोकपथ) ६० दिनसम्म बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै सडक स्तरोन्नतिको कामका लागि ६० दिनसम्म दिउँसोको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

प्रशासनले जारी गरेको सूचना अनुसार,  २०८२ मङ्सिर २० गतेदेखि लागू हुने गरी ६० दिनसम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ। कान्ति राजमार्ग सडक योजना, एकान्तकुनाको पत्रानुसार उक्त सडक खण्डका विभिन्न स्थानहरूमा सडक फराकिलो बनाउने  र कटिङको काम भइरहेको छ।