अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली र ईश्वर पोखरेलबीच भेटवार्ता, अरु को-को सहभागी?

अध्यक्ष ओली र ईश्वर पोखरेलबीच भेटवार्ता, अरु को-को सहभागी?


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज भेट गर्नुभएको छ।

एमाले नेता महेश बस्नेतका अनुसार पोखरेल आफ्नो समूहका नेताहरू लिएर ओलीसँग भेट्न गुन्डु पुगेका हुन्। नेता पोखरेलसँग अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि सहभागी थिए। भेटवार्ता करिब ३ घण्टासम्म चलेको थियो ।

महाधिवेशनको पूर्वसन्ध्या भएको यस भेटवार्तालाई चासोका साथ हेरिएको छ। बैठकमा भएको कुराकानीको विस्तृत विवरण भने सार्वजनिक भएको छैन।