अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य आज पनि घट्यो

सुनको मूल्य आज पनि घट्यो


काठमाडौं-बिहीबारको तुलनामा शुक्रबार (आज) सुनचाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य ३ हजार ५५५ रुपैयाँ निर्धारण भएको छ।

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि चाँदी बुधबार हालसम्मकै उच्च प्रतितोला ३ हजार ६५५ रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै सुनको भाउ असोज ३१ गते हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।