अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिक्रान्तिलाई वैधता र पूर्णता दिन प्रतिगामी शक्तिहरू लागिरहेका छन्: रामबहादुर थापा

प्रतिक्रान्तिलाई वैधता र पूर्णता दिन प्रतिगामी शक्तिहरू लागिरहेका छन्: रामबहादुर थापा

भदौ २३ र २४ को घटना नेपालको इतिहासमा तेस्रो प्रतिक्रान्ति


काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले देशमा प्रतिक्रान्तिलाई वैधता र पूर्णता दिन प्रतिगामी शक्तिहरू लागिरहेको बताउनु भएको छ।

प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष थापा ‘बादल’ले यस्तो बताउनुभएको हो। 

‘जेलेन्स्कीहरुको सरकार बनाएर प्रतिक्रान्तिले वैधता पाउँछ भनेर प्रतिगामीहरू अघि बढेका छन्’, नेता थापाले भन्नुभयो, ‘यस्तो अवस्थामा मुख्य दलहरूको महाधिवेशन हुन लागेको छ। यहाँबाट शीर्ष नेतृत्व विस्थापित गर्ने र अनुकूलको नेतृत्व स्थापित गर्ने रणनीति प्रतिगामीहरूको छ।’

उपाध्यक्ष थापा ‘बादल’ले भदौ २३ र २४ को घटना नेपालको इतिहासमा तेस्रो प्रतिक्रान्ति संज्ञा दिनुभएको छ। उपाध्यक्ष थापाले २००७ सालको परिवर्तनलाई १७ सालमा महेन्द्रले उल्ट्याएर पहिलो प्रतिक्रान्ति गरेको बताउनुभयो। तर त्यसलाई २०४६ सालमा नागरिक सरकार बने पनि त्यसपछि २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरेर दोस्रो प्रतिक्रान्ति गरेको भन्दै २०८२ भदौको घटना तेस्रो प्रतिक्रान्तिका रूपमा पार्टीले व्याख्या गरेको बताउनुभयो। 

उपाध्यक्ष थापा ‘बादल’ले प्रतिक्रान्तिलाई परास्त गर्दै लोकतन्त्र स्थापना गर्न प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताउनु भयो। उहाँले साेही अनुसार पार्टीले समेत सोही अनुसार निर्णय गरेको समेत बताउनुभयो।

उपाध्यक्ष थापा ‘बादल’ले लोकतन्त्र स्थापनाका लागि भूमिका खेलेका राजनीतिक दलभित्र पनि प्रतिक्रान्तिको प्रयास भइरहेको आराेप लगाउनु भयो।

उपाध्यक्ष थापाले मुलुकको विकसित राजनीतिक घटनाक्रमहरूलाई मध्यनजर गर्दै एमालेले एकताको महाधिवेशन भनिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेतृत्वको रक्षा गरेर मात्र प्रतिक्रान्तिकारी षड्यन्त्र चिर्न सकिन्छ।’