अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनपछि पहिलो पटक अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता

जेनजी आन्दोलनपछि पहिलो पटक अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता

तस्बिरहरू


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अध्यक्ष ओली र सभापति देउवाबीच आज पहिलोपटक भेटवार्ता भएको हो।

सभापति देउवालाई भेट्न उहाँकै निवास महाराजगञ्ज अध्यक्ष ओली पुग्नुभएको हाे। सभापति देउवा निवास महाराजगन्जमा केही बेरअघि अध्यक्ष ओली पुग्नुभएको थियो। उहाँहरुबीच यो भन्दा अगाडी भेटवार्ता भएको थिएन। दुई नेताबीच अहिले भेटवार्ता जारी छ। छलफलमा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी भएका थिए।

आगमी माघ ११ मा राष्ट्रिय सभा सदस्य र फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन तय भएको छ। दुवै नेताबीच निर्वाचनबारे पनि छलफल हुने जनाइएको छ। 

समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा उनीहरूबीच भेटवार्तामा कुराकानी हुने बताइएको छ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा र उहाँकी पत्नी आरजु राणा देउवामाथि आक्रमण भएको थियो। घाइते भएका देउवा दम्पत्ति उपचारका लागि सिंगापुर जानुभएको थियो। केही समयअघि मात्रै उहाँहरु उपचार गरेर नेपाल फर्किएका थिए।