काठमाडौँ-प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसँगको महत्त्वपूर्ण बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत प्रमुख राजनीतिक दलहरूका प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरूलाई बोलाइएको छ।







प्रतिक्रिया