अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लामो इतिहास भएका दल कहिल्यै पुराना हुदैनन् : महासचिव पोखरेल

लामो इतिहास भएका दल कहिल्यै पुराना हुदैनन् : महासचिव पोखरेल



काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लामो इतिहास भएका दलहरु कहिल्यै पुराना नहुने बताउनुभएको छ ।
पार्टीको ११ औं महाधिवेशनको संघारमा आइपुगेका बेला महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्दै सो कुरा बताउनुभएको हो । महासचिव पोखरेलले लामो इतिहास भएका दलहरु समय अनुसार नीति र नेतृत्व अद्यावधिक गर्दै अघि बढ्ने गरेको पोखरेलको भनाइ छ ।
‘लामो इतिहास भएका राजनीतिक दलहरु कहिल्यै पुराा हुदैनन् । किन कि उनीहरु समय अनुसार नीति र नेतृत्व अद्यावधिक गर्दै अघि बढ्ने गर्दछन् ’ पोखरेलले लेख्नु भएको छ ।
एमाले,काँग्रेस लगायतका दलहरुलाई पुराना दल भनेर आक्षेप लगाइरहँदा यी दलहरुले बेला बेलामा नीति र नेतृत्व महाधिवेशन मार्फत अद्यावधिक गर्ने गरेको तर्फ पोखरेलको संकेत छ ।