अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेटौँडामा सडक विस्तार: सीमाभित्र परेका घरटहरामा चलाइयो डोजर

हेटौँडामा सडक विस्तार: सीमाभित्र परेका घरटहरामा चलाइयो डोजर


मकवानपुर-मकवानपुरस्थित सडक डिभिजन कार्यालयले आज बिहानैदेखि हेटौँडा बजार क्षेत्रमा सडक सीमाभित्र रहेका संरचना डोजर लगाएर हटाउन थालेको छ ।

सडक विस्तारका क्रममा दायाँबायाँ २५–२५ गजभित्र पर्ने संरचना सुरक्षाकर्मीको उपस्थितिमा भत्काउन सुरु गरिएको हो ।

यसअघि डिभिजनले १५ दिनको समय दिँदै मंसिर १९ गतेभित्र सडक क्षेत्रमा पर्ने आआफ्ना घरटहरा हटाउन सम्बन्धित व्यवसायी तथा घरधनीलाई सार्वजनिक सूचना गरेको थियो ।

तर उनीहरूले आन्दोलनमा उत्रिँदै अटेर गरेपछि सडक डिभिजनले आज बिहानैदेखि त्यहाँ डोजर चलाउन थालेको हो ।

शुक्रबार मात्र सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।