अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीलाई हराउन खोज्नु मनको लड्डु घिउसँग खानुजस्तै हो: महेश बस्नेत

केपी ओलीलाई हराउन खोज्नु मनको लड्डु घिउसँग खानुजस्तै हो: महेश बस्नेत


काठमाडौं-नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले झापामा कसैले पनि अध्यक्ष केपी शर्मा ओलीलाई हराउन नसक्ने दाबी गर्नुभएकाे छ। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै नेता बस्नेतले यस्तो दाबी गर्नुभएकाे हाे।

‘अहिले केपी ओली ज्यूलाई आउँदो चुनावमा हराउने भनेर केही तत्व लागिपरेका  देखिन्छन्,’ नेता बस्नेतले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘तर उनीहरूको प्रयास माखो मार्नेवाला छैन्।  यो सबै मनको लड्डु घिउसँग खानु जस्तै कुरा हो !’

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा–५ को अन्तिम मत परिणाम उल्लेख गर्दै नेता बस्नेतले केपी ओली उक्त निर्वाचनमा ऐतिहासिक मतान्तरसहित विजयी भएको तथ्य नै पर्याप्त रहेको दाबी गर्नुभएकाे छ।  

‘उहाँले ५२ हजार ३१९ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई हराउनुभएको थियो। अधिकारीले २३ हजार ७४३ मत मात्र पाएका थिए,’ नेता बस्नेतले भन्नुभएकाे छ।

यो परिणाम कुनै संयोग मात्रै नभएको नेता बस्नेत ठहर छ। उहाँले भन्नुहुन्छ, ‘यो झापाका जनताले विकास, स्थिरता र राष्ट्र निर्माणप्रतिको ओलीप्रतिको गहिरो विश्वासको प्रष्ट प्रमाण हो।’