अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनपछि फेरि एमालेको सरकार आउँछ: केपी ओली

आगामी निर्वाचनपछि फेरि एमालेको सरकार आउँछ: केपी ओली


कठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने दाबी गर्नुभएकाे छ।

शनिबार एमाले केन्द्रीय कार्यालय च्यासलमा एमालेको ११ औँ महाधिवेशनको लागि नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै अध्यक्ष ओलीले साे दाबी गर्नुभएकाे हाे।

अन्य दलहरूको बारेमा आफूलाई थाहा नभएको बताउँदै अध्यक्ष ओलीले एमाले भने आउने आउने जिकिर गर्नुभयाे । र, शान्तिपूर्ण निर्वाचनको पर्खाइमा आफ्नो दल रहेको पनि उहाँले बताउनुभयाे।

‘चुनाव जहिले होस्, हामी यो बीचमा सरकार बनाउने खेलमा छैनौं। स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण चुनाव पर्खिरहेका छौं,’ ओलीले भन्नुभयाे, ‘२०८२ फागुन २१ को होइन। फागुन २१ मा चुनाव हुँदैन हामीलाई थाहा छ । हामी जहिले चुनाव हुन्छ, त्यैले अबको सरकार भनेको चुनावबाट आउने सरकार एमाले नै हो। अरु आउँछन् कि आउँदैनन् थाहा छैन एमाले चाहीँ आयो आयो । एमाले एउटा बाढीजस्तो हो । विशला नदीमा आएको बाढीजस्तो ।’

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक र हाहुको भरमा बनेको आरोप लगाउनुभयाे। उहाँले जेनजी सरकारकै प्रधानमन्त्री आफूभन्दा तीन महिनामात्र कान्छो भएको भन्दै कटाक्ष पनि गर्नुभयाे ।

अध्यक्ष ओलीले जेनजी सरकारकै प्रधानमन्त्री पनि आफूभन्दा तीन महिनामात्रै कम उमेरको भएको भन्दै कटाक्ष गर्नुभयाे ।

‘अनि को फर्कने त ? अब सरकार कसको रे ? यसमा पनि दुविधा हुने ? आगो लगाएर सरकार बनाउने ? फेरि पनि यस्तै गरेर सरकार बनाउने ? अब फेरि हाहुकै भरमा सरकार बन्छ ? पार्टीको नबनेर,’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘अनि उनै पूराना नेता आउने रे ? केही थाहा नपाएका चाहीँ पुराना किन आएका त ? हामी चाहीँ बुढा हुने । म भन्दा साँढे तीन महिनामात्रै कान्छि चाहीँ, जित्नु न सित्नु उसै प्रधानमन्त्री हुँ भन्ने ?’