अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय राजनीति एमाले र केपी ओलीकै वरिपरि घुमिरहेको छ: शंकर पोखरेल 

राष्ट्रिय राजनीति एमाले र केपी ओलीकै वरिपरि घुमिरहेको छ: शंकर पोखरेल 


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ घटना मुलुकको भविष्य माथिको प्रहार भएको बताउनुभएको छ। 

नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि नवयुग ई-बुलेटिन शुभारम्भ कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले अजाको जटिल अवस्थाको नेतृत्व गर्न सक्ने र मुलुकलाई लोकतन्त्र तर्फ फर्काउने पार्टी र नेतृत्व आवश्यक रहेको बताउनुभयो। एमालेको महाधिवेशनलाई प्रतिगमन विरुद्धको संघर्ष र जनसंघर्षको कार्यक्रमको रूपमा परिभाषित गर्नुभयो । 

राष्ट्र निर्माणको योजनाकार एमाले भएको बताउँदै उहाँले देशको राजनीति एमालेको वरिपरि घुमेको बताउनुभयो । ‘आज राष्ट्रिय राजनीति नेकपा एमाले र केपी ओलीकै वरिपरि घुमिरहेको छ, हामीले उहाँलाई राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने योग्य नेताको रूपमा नेतृत्व प्रदान गर्न खोजेका हौँ’, महासचिव पोखरेलले भन्नुभयो।

यतिबेला प्रतिस्पर्धा होइन पार्टीमा एकता खाँचो रहेको बताउँदै उहाँले केपी ओलीलाई नेतृत्वमा स्थापित गरेर सबै त्यसमा एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो। आज केपी ओली माथि भएको चौतर्फी घेराबन्दी एउटा व्यक्तिको विरुद्धको घेराबन्दी नभई नेकपा एमाले र सिङ्गो देश माथिको घेराबन्दी हो भन्ने बुझ्न आवश्यक रहेको उहाँले बताउनुभयो। केपी ओलीको नेतृत्वमा पार्टी देशको को भविष्य सुरक्षित गर्ने काममा लाग्न एमालेका नेताहरूलाई उहाँले आग्रह गर्नुभयो ।