काठमाडौं- नेकपा एमालेको महाधिवेशनमा यूवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौं उतार्ने घोषणा गरेको छ ।
युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरुको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा,जिल्ला,पालिका र प्रदेहरु कमिटीहरुलाई अनिवार्य रुपमा युवाहरुको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ ।
थेबेका अनुसार काठमाडौं र ललितपुरका ६१ वटा वडाबाट १०० हजारका दरले ६१००,उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार,उपत्यका बाहेक बागमतीका १० वटा जिल्लाबाट १५०० सयका दरले १५००० जना युवाहरु जुटाउने युवा संघको तयारी छ । यसैगरी महाधिवेशनमा कोशी प्रदेशबाट ४ हजार ,मधेसबाट ४ हजार,गण्डकी ३ हजार लुम्बिनीबाट २ हजार । कर्णाली र सुदुरपश्चिम प्रदेशबाट ५ सयका दरले १००० युवा जुटाउने युवा संघले जनाएको छ ।
संघका अध्यक्ष थेबे भन्नुहुन्छ ‘हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौ । यसका लागि हाम्रो संगठनका सबै कमिटीहरु परिचालन गरेका छौं । ’
एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी स्थित तीनकुने मैदानमा हुने एमालेले जनाएको छ ।







प्रतिक्रिया