काठमाडौं-नेकपा (माओवादी केन्द्र)बाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका जनार्दन शर्मा (प्रभाकर)लाई कालो झण्डा देखाइएको छ।
नेता शर्मालाई आज बिहान १० बजेतिर सल्लेस्थित विमानस्थलमा ओर्लिनासाथ तत्कालिन नेकपा माओवादी केन्द्रका आठबिसकोट नगरपालिका कमिटीका पूर्वअध्यक्ष मानबहादुर चदारा नेतृत्वको टोलीले शर्मालाई कालोझण्डा देखाएका हुन्।
कालो झन्डा देखाउँदै करिब २० जनाको संख्यामा पुगेका नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले जनार्दनविरूद्ध नाराबाजी गरेका थिए।








प्रतिक्रिया