अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको एघारौं महाधिवेशन जनताको आवाज बुलन्द गर्ने दिन: उपमहासचिव प्रदिप ज्ञवाली

एमालेको एघारौं महाधिवेशन जनताको आवाज बुलन्द गर्ने दिन: उपमहासचिव प्रदिप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटको दिनलाई जनताको आवाज बुलन्द गर्ने दिनका रुपमा लिनुपर्ने बताउनुभएको छ।

पार्टीको महाधिवेशन जनपरिचालन समितीका संयोजक समेत रहनु भएका उपमहासचिव ज्ञवालीले राजनीतिक पार्टीहरु कमजोर हुँदा त्यसको फाइदा अराजक शक्तिहरुले लिन खोज्ने भएकोले दलहरुले सक्रिय राजनीतिमा हस्तक्षेप गर्नुपर्ने उल्लेख गर्नुभएको छ।

 ‘११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह पार्टी परिवारका लागि त सबैभन्दा ठूलो उत्सव हो नै लोकतन्त्रका पक्षमा जनताको आवाजको प्रतिध्वनी पनि हो,’ सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उपमहासचिव ज्ञवालीले लेख्नुभएको छ, ‘राजनीतिक पार्टीहरु कमजोर वा शिथिल हुँदा त्यसको रिक्तताको ठाउँ अराजक शक्तिहरुले लिन खोज्छन्।’

 उपमहासचिव ज्ञवालीले २०६२ मंसिर ४ गते बुटवलमा लामो समयपछि भएको नेकपा एमालेको विशाल जनप्रदर्शनले देशब्यापी रुपमा प्रतिगमन विरुद्ध आन्दोलनको माहोल ल्याएको स्मरण गर्नुभएको छ। शाही ‘कु’ पछि त्यसबेला दलहरुले ठूला आमसभा गर्न नसकिरहेका बेला बुटवलमा एमालेले मंसिर ४ मा गरेको आमसभामा लुम्बिनीका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा मानिसहरु उपस्थित भएका थिए । सोही आमसभापछि देशैभरी शाही कु विरुद्ध दलहरुले आयोजना गरेका कार्यक्रममा मानिसहरुको उपस्थिती बाक्लो हुन थालेको थियो । ज्ञवालीले उक्त आमसभालाई शाही कु विरुद्धको जगको संज्ञा दिनुभएको छ। ‘२०६२ मंसिर ४ गते एमलेले बुटवलमा गरेको सशक्त जनप्रर्दशनले माघ १९ को शाही कु पश्चात उत्पन्न सन्नाटालाई चिर्दै प्रतिगमनका विरुद्ध ऐतिहासिक आन्दोलनको जग बसालेको थियो’,  उपमहासचिव ज्ञवालीले लेख्नुभएको छ ।

उपमहासचिव ज्ञवालीलेले मंसिर २७ को एमालेको उद्घाटन सभा पनि लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रुपमा भूमिका खेल्ने दाबी गर्नुभएको छ। ‘मंसिर २७ को उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रुपमा भूमिका खेल्नेछ,’ उपमहासचिव ज्ञवालीले लेख्नुभएको छ’, ‘हाम्रो एक दिनको उपस्थितिले खास अर्थ राख्छ भने किन उपस्थित नहुने ?’

 ज्ञवालीले मंसिर २७ गतेको उद्घाटन सभामा सहभागी हुने सबैलाई भक्तपुरको सल्लाघारीमा उपस्थित हुन् आह्वान गर्नुभएको छ ।