काठमाडौं-मलेखु-मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानी भन्ने स्थानमा दुईवटा बस ठोक्किएका छन् । विपरीत दिशामा रहेका बसहरु आज दिउँसो करिब सवा १२ बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ।
घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ। धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जनाएको छ।
बस ठोक्किएपछि केही यात्रुहरु त्यहीँ फसेका थिए । फसेका यात्रुहरुलाई झ्यालका सिसा फुटाएर उद्धार गर्नुपरेको थियो ।







प्रतिक्रिया