अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ-शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ।

शुक्रबार सुनको मूल्य प्रतितोला रु.दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५५५ मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।