अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिराज ढुंगानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

मिराज ढुंगानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा


काठमाडौँ-जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्नुभएको छ। ढुङ्गानाले अन्तरिम सरकार देश विकासमा असफल भएको भन्दै प्रधानमन्त्री कार्कीको रजीनामा माग गर्नुभएको हो।

ढुङ्गानाले प्रधानमन्त्री कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गर्नुभएको छ। उहाँले जेनजी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उहाँले यस्तो आग्रह गर्नुभएको हो। 

ढुङ्गानाले निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरुले नगरेको पनि बताउनुभयो।

भदौ २३ गतेको आन्दोलमा भएको घटनाको छानबिन नगरी २४ गतेको आन्दोलनमा सहभागी भएका युवाहरुलाई मात्र प्रहरीले पक्राउ गरेको ढुङ्गानाको दाबी छ।