काठमाडौं-प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। सिंहदरबारमा प्रधानमन्त्री र पूर्वराष्ट्रपतिबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दुईजनाबीच समसामयिक विषयसँगै निर्वाचनको तयारीबारे सरकारले गरिरहेका कामकारबाहीबारे छलफल भएको बताइएको छ ।
त्यसअघि पूर्वराष्ट्रपतिले सिंहदरबारस्थित जेनजी आन्दोलनमा जलेको प्रधानमन्त्री कार्यालयको भवनको अवलोकन गर्नुभएको थियो।







प्रतिक्रिया