अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने, १२ वटा दलको ५ वटा संयुक्त चुनाव चिह्न

१०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने, १२ वटा दलको ५ वटा संयुक्त चुनाव चिह्न


काठमाडौँ-आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा जाने भएका छन् ।

 १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरूले एक्लाएक्लै निर्वाचनमा जानेगरि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

१२ वटा राजनीतिक दलहरूले भने संयुक्त रूपमा एकल चिह्न प्रयोग गरी निर्वाचनमा जानेगरि आयोगमा निवेदन दिएको उहाँले बताउनुभयो। उहाँका अनुसार १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिनेछन्।

 एकल चुनाव चिन्ह र संयुक्त चुनाव चिन्ह प्रयोग गरी ११४ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयाे। उहाँका अनुसार प्रतिनिधि सभा निर्वाचनमा ११४ वटा दल १०७ वटा चिन्हमार्फत निर्वाचनमा सहभागी हुनेछन् । आयोगले राजनीतिक दलहरूको निवेदन स्वीकृत गरिसकेको छ ।