अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोवाको नाइटक्लवमा आगलागी हुँदा झापाका २ युवाले ज्यान गुमाए

गोवाको नाइटक्लवमा आगलागी हुँदा झापाका २ युवाले ज्यान गुमाए


काठमाडौं-भारतको गोवास्थिति एक नाइट क्ल्वमा शनिबार मध्यरात भएको आगलागीमा मारिनेमध्ये चार जना नेपाली भएको खुलेको छ। आगलागीमा २५ जनाको मृत्यु भएको थियो।

भारतीय अधिकारीका अनुसार मारिनेमध्ये २० जना नाइट क्लवकै कर्मचारी र ५ जना पर्यटक हुन्।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमध्ये दुई जना झापा जिल्लाका हुन्। ‘अहिलेसम्म प्राप्त सूचनाअनुसार मृत्यु हुनेमध्ये २ जना नेपालीको पहिचान भएको छ। उनीहरु झापा जिल्लाका हुन्। अर्का एकजनाको विस्तृत विवरण प्राप्त गर्ने क्रममा रहेको भारतीय पक्षले जानकारी गराएको छ’, नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतले भन्यो।

भारतीय पत्रिका हिन्दूस्तान टाइम्सको अनलाइनका अनुसार त्यहाँ थप दुई जना नेपाली चुर्णबहादुर पुन र विवेक कटवालको पनि मृत्यु भएको छ। घटनाबारे नेपाली दूतावासलले भारतीय पक्ष सम्पर्कमा रहेर काम गरिरहेको छ।

मृत्यु हुनेमध्ये कति जना नेपाली हुन् र उनीहरूको वास्तविक नाम, नेपालको ठेगाना पत्ता लगाउ प्रयास भइरहेको दूतावासले जानकारी दियो।

गोवाको बिर्च एन्ड रोमियो नाइट क्लवमा १०० जनाजति मानिसहरु डान्स गरिरहेका बेला अचानक आगलागी भएको थियो ।